Nic Ad Nic Ad
Nic Ad Nic Ad

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ - संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । 

बैठक बिहान ११ बजे सिंहदरवार स्थित समितिको कार्यकक्षमा बस्नेछ । 

बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापनबारे विभिन्न उपभोक्ता हितका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्