काठमाडौँ - नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा कर्मचारी मागेको छ।
बोर्डले आज एक सूचना जारी गर्दै सहायक निर्देशक, वरिष्ठ सहायक लगायत पदमा ६ जना कर्मचारी माग गरेको हो।
पुगेका इच्छुकले भदौ २७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर असोज ३ गतेसम्म आवेदन दिन व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।
