Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्यालयबाट घर फर्किंदै गर्दा पहिरोसहितको ढुंगाले लागेर ६ वर्षीया बालिकाको मृत्यु

शुक्रबार, भदौ ७, २०८१

हेटौँडा- मकवानपुरको बकैया गाउँपालिका-६, की ६ वर्षीय बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा परी मृत्यु भएको छ। 

बिहीबार दिउँसो विद्यालयमा पढाइ सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरोसहित आएको ढुंगाले लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालदय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बकैया-६, स्थित जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुष्मा थिङ रहेको प्रहरीले जनाएको छ।सोही वडाका वडाध्यक्ष फूलमान बोम्जनका अनुसार बिहीबार साँझ ५ बजेतिर विद्यालयबाट फर्कदैँ गर्दा पहिरोसँगै आएको ढुंगाले लागेर उनको मृत्यु भएको हो।

विद्यालयबाट झण्डै एक घण्टा पैदल लाग्ने ज्यामिरे भन्ने स्थानमा आएको पहिरोको ढुंगाले लागेर उनको ज्यान गएको हो। त्यो नानी र अरु साथीहरु घर आउँदै रहेछन्, वडाध्यक्ष बोम्जनले भने, पहिरोमा आएको ढुंगाले लागेर त्यो नानी बेहोस भइछिन्। साथीहरू घरमा उनका आमाबुवालाई बोलाउन गएछन्। एउटा अलि ठूलो साथीले स्वास्थ्यचौकी लान बोकेर अलि वरसम्म आएका रहेछन्। तर बाटोमै मृत्यु भएछ।

उनका अनुसार पहिरोको ढुंगा सुष्मालाई मात्रै लागेको हो। अन्य साथीहरु भने सकुशल छन्। बालिकाको शव परिवारले बुझेर अन्तिम संस्कारको तयारीमा जुटेको उनले जानकारी दिए।


 

प्रतिक्रिया दिनुहोस्