Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी

शुक्रबार, भदौ ७, २०८१

तनुहँ -तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको एउटा बस खसेको छ । बसमा सवार यात्रुहरू घाइते भएका छन् । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार घाइतेको उद्दार भइरहेको छ ।

उक्त बसमा भारतीय यात्रुहरू थिए । घटनास्थलबाट स्थानीयहरुले सामाजिक सञ्जालहरुमा गरिरहेको लाइभमा ठूलो पहराबाट खसेको बस मर्स्याङ्दीका किनारमा देखिन्छ । तर नजिकै ठूलो भेल छ । बसको छत क्षतविक्षत छ । 

पोखरादेखि काठमाडौँका लागि छुटेको बसमा ४० जना यात्रु रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार अहिले घटनास्थलबाट सेना प्रहरीले उद्धारको काम गरिरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ । अहिले प्रमुख जिल्ला अधिकारी गौतमसहितको टोली घटनास्थलमा पुगेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्