Nic Ad Nic Ad
Nic Ad Nic Ad

आँबुखैरेनी दुर्घटनाः १४ जनाको शव निकालियो

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं- तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल (एपीएफ) प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्