Nic Ad Nic Ad
Nic Ad Nic Ad

आँबुखैरेनी दुर्घटना : १० जना गोताखोरसहित ८० जना सशस्त्र प्रहरी उद्धारमा परिचालन

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएपछि  सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

दुर्घटना स्थल अप्ठ्यारो भीर भएका कारण घाइते र मृतक उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको  उनले बताए । प्रारम्भिक रूपमा १०–११ जनाको मृत्यु भएको बुझिएको भन्दै उनले पुष्टि हुन बाँकी रहेको जानकारी दिए । 

प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले बसमा ४० जना सवार रहेको जानकारी दिए । उनका अनुसार ११ जना बेपत्ता भएका छन् । यस्तै १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएका छन् । बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको उनले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्