Nic Ad Nic Ad
Nic Ad Nic Ad

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

शुक्रबार, भदौ ७, २०८१

काठमाडौ -पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ । 

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मर्स्याङ्दी  नदीमा खसेको हो । तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए । यात्रुको संख्या भने यकिन हुन सकेको छैन । 

अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घटनास्थलमा यात्रुको उद्धार गरिरहेको छ । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन गरिनुका साथै उनीहरूलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

अप्ठ्यारो भिर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उनले बताए । उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।  बसमा झन्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्