Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदिमा खसेको बसका घाइतेहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।

नेपाली सेनालेले हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताएको छ । सेनाका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर थप उपचारको व्यवस्था मिलाइने छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्