Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर–२ स्थित कोबाङमा हिमपहिरोका कारण बोक्सिखोला थुनिएको छ ।

पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिदिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए ।

पहिरोले रोकेको पानीका कारण ठुलो ताल नबनेको तर, पहिरोमा पानी सोसिएर बसेको छ । नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई  त्यहाँबाट सुरक्षित स्थलमा सारिएको डीएसपी पाण्डेले बताए । उनले भने, ‘सम्भावित दुर्घटनाबारे हामीले सचेतना अपनाएका छौँ ।’ 

थासाङ गाउँपालिका २ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर खोला थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई  सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्