Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै रास्वपा

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको स्टार्टअप विभागले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा भोलि (भदौ ८ गते, शनिवार) दिउँसो १ बजे हुने कार्यक्रममार्फत विभागले अभियान घोषणा गर्न लागेको हो। स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग र त्यसका लागि आवश्यक नीति र कानून तर्जुमामा दबाब दिने उद्देश्यका साथ अभियान घोषणा गर्न लागिएको रास्वपाले जनाएको छ।

साँझ ५ बजेसम्म चल्ने अभियान शुभारम्भ कार्यक्रममा करिब ३० थरी नेपाली उत्पादन प्रदर्शन, भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धताका लागि हस्ताक्षर संकलन र विभिन्न ५ वटा विषयमा ‘नीति मन्थन’ गरिने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्