Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय छानबिनद्वारा रवि लामिछानेसँग सोधपुछ जारी

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ सुरु भएको छ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले लामिछानेसँग सोधपुछ सुरु गरेको हो ।

उनीभन्दा अगाडि बोलाइएका छविलाल जोशीसँग सोधपुछ लम्बिएपछि रविसँग ढिला गरी सोधपुछ सुरु भएको समिति सचिवालयले जनाएको छ ।

छविलाल जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् भने राजनीतिमा आउनु अगाडि रवि लामिछाने गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्