Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाडबाडमा अत्यावश्यक खाद्य वस्तुहरूको अभाव हुन दिँदैनौँ : उद्योग मन्त्री भण्डारी

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य अत्यावश्यक खाद्य बस्तुहरूको अभाव हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रवार सिंहदरवारमा बसेको बैठकमा दशैँ, तिहार लगायतका चाडबाडमा हुने कालोबजारीलगायतको विषयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् ।मन्त्री भण्डारीले चाडबाडका बेला अभाव नहुने गरी चामल, चिनी लगायतका अत्यावश्यक वस्तुहरूको सहज आपूर्ति र सुपथ मूल्यमा वितरण गर्ने काममा सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए । बजारमा हुने खाद्य बस्तुहरूको अभाव, मूल्य समायोजन लगायतका विषयमा सरकार सचेत रहेको मन्त्री भण्डारीको भनाइ थियो ।

उनले दैनिक उपभोग्य खाद्यवस्तुहरूको आपूर्ति व्यवस्थामा बिचौलिया र तस्करी हुन्छ कि भनेर आशंका गर्न पनि सांसदहरूलाई पटक पटक आग्रह गरे । आपूर्ति कर्ताहरूसँग छलफल गरेर दैनिक उपभोग्य बस्तुहरूको सहज र सुपथ मूल्यमा आपूर्ति गराउने काम सरकारले गर्ने उल्लेख गर्दे मन्त्री भण्डारीले त्यसमा शंका गरिरहन नपर्ने बताए । मन्त्री भण्डारीले कालोबजारी हुन नदिने गरी बजार अनुगमनको कामलाई पनि सरकारले प्रभावकारी बनाउने बताए ।

‘चिनीमा कालोबजारी नहोस्, मूल्यमा तलमाथि गर्न नसकोस् । कृत्रिम अभाव गर्न नसकोस् भनेर उत्पादन र आयातको सङ्ख्यालाई हेरेर यसको एकीन गर्नेछौँ । ताकि आगामी दिनमा यसरी चिनीको अभावको कुरालाई समितिका बैठकहरूमा छलफलको विषय नबन्ने गरी नै मन्त्रालयले आवश्यक निर्णय गर्नेछ’, उनले भने, ‘त्यो अन्तर मन्त्रालय समन्वय गरेर नै त्यो खालको कुरा हुन्छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।

जसले अहिलेको वस्तु आयातमा हाम्रो एकदम स्पष्ट छ । यसमा कसले ल्याउन सक्छ । मैले भने भोलि हामी छलफल गर्छौं । र जसले सक्छ, उसको नाममा हामी निर्णय गर्छौं । यसमा चाहिँ बिचौलिया र तस्करहरूको सङ्ख्या नगर्न म माननीय सदस्यहरुजीहरुलाई आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्