Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ ? भन्दै रविलाई संसदीय समितिको प्रश्न

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ - सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अहिले बयान लिइरहेको छ ।

शुक्रबार बसेको बैठकमा लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो ।
 

समितिले लामिछानेलाई बयानका लागि दर्जनौँ प्रश्न तयार पारेको छ । समितिले लिने बयानको पहिलो नम्बरमा आफ्ना नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण, परिवारका कोको सदस्य छन् रु तपाईँको शारीरिक अवस्था कस्तो छ ? सोधिएको प्रश्नको उत्तर दिन सक्नुहुन्छ रु लगायतका प्रश्न समेटिएका छन् ।

समितिले तयार पारेको १६ नम्बरको प्रश्नमा सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख ऋण खडा गरी गोरखा मिडिया नेटवर्कको नाममा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ ? भन्ने प्रश्न सोधिएको छ ।

यसअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको थियो। गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अझै फरार छन् । उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्