Nic Ad Nic Ad
Nic Ad Nic Ad

मान्छे चन्द्रमामा पुग्दैमा उसको पहिचान मेटिँदैन : सिके राउत

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सिके (चन्द्रकान्त) राउतले मानिसको पहिचानको आवश्यकता कहिल्यै नमेटिने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ग्लोवलाइज हुँदैमा पहिचानको आवश्यकता मेटिने नभई झनै बढ्दै जाने बताए ।उनले मधेशीहरुलाई नेपाली भन्न हिच्किचाउने तर मधेशीको पनि पहिचान बन्न नदिने कुरा राम्रो नरहेको बताए । उनले ग्लोवलाइज भइसके पनि कुनैपनि देशमा यात्रा गर्दा सबैभन्दा पहिला पहिचानकै आवश्यकता पर्ने बताए ।

‘राष्ट्रियता भनेको के हो ? म नेपाली हो भने मलाई किन मान्छेहरुले नेपाली भन्दैनन् । मधेसी मेरो राष्ट्रियता हो भने किन पहिचान पाएको छैन, यो कुरा सबैमा उठेको छ । राष्ट्रियताको खाँचो के छ त ? धेरै मानिसहरू भन्छन्, मान्छे चन्द्रमामा पुगिसक्यो, मंगल ग्रहमा पुगिसक्यो, के मधेसी, मधेसी भनेको । धेरैले भन्छन्’, उनले भने, ‘ग्लोबल भिलेज भइसक्यो के मधेसी भनेको होला ? भन्छन् । तर तपाईँ कुनै अर्को देशमा जानुस्, के सोध्छ ? होएर आर यु फ्रम सोध्छ । आइ एम फ्रम मधेस भन्नुस्, चिन्दैन । विश्व ग्लोवलाइज भइसक्दा पनि पहिचानको आवश्यकता त रहेछ ।’

अध्यक्ष राउतले मान्छे चन्द्रमा, मंगल ग्रहमा पुग्यो भन्दैमा उसको पहिचान नमेटिने बताए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्