Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुस्ताङमा हिमपहिरोले थुनिएको खोला बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

शुक्रबार, भदौ ७, २०८१

म्याग्दी- धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिरोले थुनिएको मुस्ताङको बोक्सी खोलो बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा हिमपहिरोले थुनिएको बाक्सीखोलो तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताए ।

‘आज दिउँसो करिब १:३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिँदा दुईतिहाइ पानीको मात्रा घटेको थियो,’ उनले भने, ‘दिउँसो ४:३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।’

खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्