Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन

शुक्रबार, भदौ ७, २०८१

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद र अनुदानमा प्राप्त स्वास्थ्य सामग्रीको विवरण सङ्कलन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

मन्त्रालयलाई सुझाव दिन गठित कार्यदलको संयोजकमा प्रा.डा. नारायण विक्रम थापा छन् । यसैगरी, सदस्यहरूमा डा. श्रवण कुमार थापा, स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत शालिकग्राम चौधरी, मन्त्रालयका कानुन अधिकृत सेना बहादुर श्रेष्ठ, र विष्णु बहादुर क्षेत्री छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सामग्रीको अभाव तथा खरिद गरेर पनि सदुपयोग हुन नसकेको अवस्था कम गर्न आवश्यक तथ्यांक र सुझावका लागि विज्ञ समिति गठन गर्न अग्रसरता लिएका छन् ।

कार्यदललाई विगत तीन वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्