Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस–एमाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम नआउनुमा अनेक शंका

शनिबार, भदौ ८, २०८१

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनी सरकार गठनको यत्तिका समयसम्म पनि न्यूनत साझा कार्यक्रम अहिलेसम्म नआउनुमा अनेक शंका गर्न थालिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउनका लागि औपचारिक निम्तो पुगिसक्दा समेत न्यूनतम साझा कार्यक्रम नआउनुका पछाडि सरकार लामो जाने या नजाने भन्ने आशंका रहेको कतिपय विश्लेषकले बताएका छन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतमा प्रधानमन्त्री सरहको सम्मान दिनुलाई सकारात्मक लिइए पनि त्यसलाई देउवापत्नी या कांग्रेसलाई मात्र दिएको हो की भन्ने आशंकाले जन्म लिएको विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। 

नेपाली कांग्रेस निकट आचार्य भन्छन्,‘अहिलेसम्म न्यूनतम साझा कार्यक्रम किन आएन? यो गठबन्धन कांग्रेस र एमालेको नभई शेरबहादुर देउवा र केपी शर्मा ओलीको मात्र हो कि भन्ने शंकाको सुविधा छ।’

कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका अरुण सुवेदीले भने परराष्ट्रमन्त्रीलाई दिएको सम्मान नेपालको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले पाएको भनेर बुझ्नुपर्ने जिकिर गरेका छन्। 

कुटनीतिक मामिलामा सम्बन्धका कोणहरु परिवर्तन भइरहने उल्लेख गरेका उनले अहिलेको गठबन्धनमा समस्या नरहेको पनि दाबी गरेका छन्।
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्