Nic Ad Nic Ad
Nic Ad Nic Ad

रक्षा सहकार्य बढाउन जर्मनी र फिलिपिन्स सहमत

शनिबार, भदौ ८, २०८१

काठमाडौं– दक्षिण चीन सागरमा बढ्दो तनावबीच फिलिपिन्स र जर्मनी रक्षा सम्झौता गर्न सहमत भएका छन् ।

फिलिपिन्सका राष्ट्रिय रक्षामन्त्री गिल्बर्टो थेयोडोरो र जर्मनीका संघीय रक्षामन्त्री बोरिस पिस्टोरियसबीच रक्षा मामिलामा सहकार्य बढाउने सहमती भएको हो ।

फिलिपिन्सको राजधानी मनिलामा भएको दुई रक्षामन्त्रीबीचको बैठकमा सो सहमती भएको अरब न्युजले जनाएको छ ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा आयोजित बैठकमा दुई नेताबीच दुई मुलुकका सेनाबीच सहकार्य बढाउने सहमति समेत भएको हो ।

फिलिपिन्सको रक्षा बलको क्षमता बढाउनका लागि अमेरिकाले ५० लाख अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेको केही दिनलगत्तै फिलिपिन्स र जर्मनीबीच यस्तो सहमती भएको हो ।

पछिल्लो समय चीनले दक्षिण चीन सागरमा चिनियाँ अतिक्रमण बढाइरहेको भन्दै फिलिपिन्सले आपत्ति जनाउँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्