Nic Ad Nic Ad
Nic Ad Nic Ad

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न गृह मन्त्री लेखक र भारतकी राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा

शनिबार, भदौ ८, २०८१

काठमाडौँ- तनहुँमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई गृह मन्त्री रमेश लेखक र भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से त्रिवि शिक्षण (टिचिङ)अस्पतालमा पुगेर भेटेका छन्। 

उनीहरूले शिक्षण अस्पतालमा गएर बिरामीहरूको सन्चोबिसन्चो र स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री खडसे नेपाल आएकी हुन् ।शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

घाइतेहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँको त्रिभुवन शिक्षण अस्पतालमा ल्याएर उपचार गरिएको छ। घाइतेको अवस्था बुझ्न आज गृहमन्त्री लेखक,भारतकी राज्यमन्त्री खडसे,नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलगायतका उच्च अधिकारी अस्पतालमा पुगेका हुन्। 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्