Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ महानगरद्वारा बालबालिकाको क्षेत्रमा कार्यरत निकायहरूलाई सूचीकृत गर्न २१ दिने सूचना

शनिबार, भदौ ८, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालबालिकाको क्षेत्रमा कार्यरत सेवा प्रदायक निकाय, संस्था, समाजसेवी, र बाल मनोविज्ञहरूलाई सूचीकृत गर्न २१ दिने सूचना जारी गरेको छ।

samridhi jewllers

महानगरपालिकाको सामाजिक विकास विभागले शुक्रबार प्रकाशित सूचनामा २१ दिनभित्र आवेदन फाराम भर्ने आह्वान गरिएको छ। यस प्रक्रियामा संस्था तथा व्यक्तिहरू दुवैले आवेदन दिन सक्नेछन्।सेवा प्रदायक निकाय वा संस्थाको हकमा महानगरपालिका क्षेत्र भित्र कार्यक्षेत्र भएको हुनुपर्नेछ। समाजसेवा र बाल मनोविज्ञानका विज्ञहरूको हकमा भने नेपाली नागरिक हुनुपर्ने लगायत पाँच वटा योग्यता तोकिएको छ।

योग्यताका शर्तहरूमा, बालबालिकाको विरुद्धका अपराधमा अदालतबाट कसुरदार नठहरिएको, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको, र असल चरित्र भएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्