Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाको शव भारतीय एयरफोर्स जहाजले चितवनबाटै लैजाने

शनिबार, भदौ ८, २०८१

काठमाडौँ- पोखराबाट काठमाडौँ आउने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ ।

नेपाल सरकारसँग भारतीय रक्षा मन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो । आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा एयरफोर्स जहाज भरतपुर विमानस्थलमा ल्याण्ड हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहानैदेखि मृतकको शवको पोस्टमार्टम भइसकेको छ ।भरतपुर अस्पतालका तीन जना डाक्टरले पोस्टमार्टम गरिरहेका बताइएको छ। दिउँसो साढे दुई बजेभित्र सबै शवको पोस्टमार्टम सकेर सिधै मुम्बई लैजाने तयारी गरिएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरूको शव भरतपुर अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्