Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाद्वारा ‘आत्मनिर्भर नेपाल अभियान’ उद्घाटन, हरेक सुरुवात नयाँबाट गर्ने दाबी

शनिबार, भदौ ८, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले आफ्नो पार्टीले देशमा युवालाई रोक्न सक्ने कार्यक्रमहरू अघि सार्दै आइरहेको बताएका छन् । पार्टीको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै रास्वपाले हरेक सुरुवात केही नयाँ कामबाट गरिरहेको बताए ।

उनले भने, ‘हामीले हरेक सुरुवात केही न केही नयाँ, नेपालीको आवश्यकता आजको युवा पुस्तालाई कसरी यो देशमा रोक्न सकिन्छ प्रयास गरिरहेका छौँ । रास्वपाले केका लागि राजनीति गरिरहेको छ, जनताको आवश्यकता र देशले खोजेको जस्तो राजनीति गर्दैछ कि नेता बन्न रु अहिलेसम्म देशमा भएको जस्तो राजनीति गर्दैछ । यो कुरा सबैले बुझ्नुपर्छ ।’

रास्वपाले आजबाट आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । अभियानको उपसभापति अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर सुरु गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्