Nic Ad Nic Ad
Nic Ad Nic Ad

टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री

शनिबार, भदौ ८, २०८१

काठमाडौं दाङका स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरू दिपक गिरी र मेनका पोखरेलको नेतृत्वमा  प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका साथै लमही(घोराही(तुल्सीपुर चारलेन सडक निर्माण लगाएतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो ।

 सो अवसरमा प्रधानमन्त्री ओलीले टरीगाउँ विमानस्थलको स्तरोन्नतिका लागि सरकार गम्भीर भएको बताए । टरीगाउँ विमानस्थलाई कर्णाली र सुदूरपश्चिम प्रदेशको हवाई उडानको केन्द्र बनाइने बताए । 

झटरीगाउँ विमानस्थल मौसमका हिसाबले पनि उपयुक्त छ । प्रधानमन्त्री ओलीले भने, ‘नेपालगन्ज,सुर्खेत र धनगढी उडेका विमान आकस्मिक अवतरण गर्नुपर्दा टरीगाउँ अवतरण गर्न मिल्नेगरी विस्तार गरिन्छ ।’  प्रधानमन्त्री ओलीले लमहि-घोराही-तुलसीपुर चारलेन सडक निमार्णाका लागि टेन्डर गर्ने तयारी थालिएको समेत जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्