Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरीमा डुबेर बालकको मृत्यु

शनिबार, भदौ ८, २०८१

सर्लाही- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी-२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो । 

घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनलाई  स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उनले बताए। 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्