Nic Ad Nic Ad
Nic Ad Nic Ad

म देश परिवर्तन गर्न प्रधानमन्त्री भएको हुँ, सरकारसँग भर पर्नुस् : ओली

शनिबार, भदौ ८, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरूले पनि स्वदेश फर्किन चाहना व्यक्त गरिरहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले विदेशमा रहेकाहरूलाई फर्किन आफूहरूले अनुकूल काम गरिरहेको बताए ।

केही केहीबाहेक युवाहरू नेपाल फर्किन तयार रहेको उनको भनाइ छ । उनले भने, ‘युवाहरूलाई स्वदेशमा फर्काउने कार्यक्रम ल्याउन अहिलेको सरकारसँग आश पनि गर्नु, भर पनि पर्नुस्, फरक पर्दैन । यो सरकारसँग भर पर्नुपर्छ । यो सरकार केही गर्न बनेको छ । म यो उमेरमा घर्सिनुपर्ने केही आवश्यकता थिएन । देशमा परिवर्तन ल्याइछाड्ने उद्देश्यका लागि बनेको छु ।’

प्रधानमन्त्री ओलीले अहिले समाजमा स्वार्थी प्रवृत्ति बढेकोप्रति गुनासो गरे । उनले भने, ‘यस प्रवृत्तिलाई पराजित नगर्दा बलात्कार जस्ता आपराधिक क्रियाकलाप बढेका छन् । समाजमा मानिसले सामाजिक प्राणी भएर रहन सक्नुपर्छ । मानव जातिले समाजले तयार पारेको मूल्य मान्यताअनुसार चल्न सक्नुपर्छ । बलात्कार गर्नेहरूलाई कानूनअनुसार कडा कारबाही पनि गरिन्छ । यसलाई रोक्नैपर्छ, यो एउटा मानव जातिकै निम्ति कलंक हो ।’

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्