Nic Ad Nic Ad
Nic Ad Nic Ad

सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : पूर्व राष्ट्रपति भण्डारी

शनिबार, भदौ ८, २०८१

ललितपुर- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताएकी छिन्। 

भक्तपुर विकास सहयोग संघको ३०औँ वार्षिक साधारण सभा तथा ३०औँ खोपृङ सम्मान कार्यक्रममा मन्तव्य राख्दै पूर्व राष्ट्रपति भण्डारीले मूर्त तथा अमूर्त कला, सम्पदाले सजिएको सांस्कृतिक रूपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित सहरको रूपमा परिचित भएको बताइन्।“सांस्कृतिक धरोहर, ऐतिहासिक सम्पदाले सजिएको भक्तपुर पुर्खाको पौरखबाट सृजित उन्नत सहरको रूपमा स्थापित भएको छ, हाम्रा पुर्खाले सृजना गरेका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो”, उनले भनिन्।

पूर्व राष्ट्रपति भण्डारीले भक्तपुर विकास सहयोग संघले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन्।। संघले प्रकाशन गरेको खोपृङ पत्रिकामा विषय विज्ञद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरिन्।

संघले गरेका कार्यबाट पर्यटनको प्रचारप्रसारका साथै स्थानीयको आय आर्जनमा महत्त्वपूर्ण काम भइरहेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले प्रसिद्ध जुजु धौले देशभर प्रसिद्धि कमाएको स्मरण गरिन्। दार्शनिक एवं सांस्कृतिक चिन्तक जगमान गुरुङ, वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठ, संस्कृति शिरोमणि हरिराम जोशी, वरिष्ठ वाङ्मय साधन तथा भाषा सेवी तेजेश्वर बाबु ग्वंगः र वरिष्ठ गायक योगेश्वर अमात्यलाई सम्मान गरेका थिए । 

कामप्रति आभार व्यक्त गरिन् । उनले समाजको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्न आग्रह गर्दै भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन गराउन लागि पर्ने बताइन्। समाजका अध्यक्ष राजु मृगेन्द्र जोशीले सामाजिक कार्यका लागि गरिएको सानो कार्यले ठूलो परिवर्तन हुनसक्ने बताए। 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्