Nic Ad Nic Ad
Nic Ad Nic Ad

कैलालीमा सर्पले डसेर दिदीबहिनीको मृत्यु

शनिबार, भदौ ८, २०८१

काठमाडौँ- कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-७ महुलियामा सर्पले डसेर एकै घरमा दिदी बैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी ल्याइएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरू दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्