Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनकोशीमा कार खस्यो, १ को उद्धार, कार र अन्य यात्रुको खोजी जारी

शनिबार, भदौ ८, २०८१

काठमाडौ - सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ।

कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार
 गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ। 

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५:३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्