Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीको टाउकोमाथि तरबार थियो, अब हट्यो : प्रचण्ड

शनिबार, भदौ ८, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको बताएका छन् ।

शनिबार पार्टीको नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा उनले माअ‍ोवादीको टाउकोमाथि झुण्डिएको तरबार हटेको टिप्पणी गरे ।‘अब तपाईँ हाम्रो टाउकोमा तरबार झुन्ड्याएको जस्तो थियो, त्यो तरबार हट्यो, अब डराउनुपर्ने अवस्था छैन’, उनले भने ।

माओवादी सशस्त्र युद्ध सकिएको १८ वर्ष भइसक्दा पनि शान्ति प्रक्रियाको कामहरू पूरा भएको छैन । हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको छ ।

यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरू छानबिन अगाडि बढ्नेछ ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १९:५६
प्रतिक्रिया दिनुहोस्