Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिनुहुन्न’

शनिबार, भदौ ८, २०८१

ललितपुर– उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले रूचाएसम्म पार्टीले नेतृत्वलाई छेकबार लगाउने नीति लिन नहुने बताएका छन्  ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चलिरहेको नेतृत्व बहिर्गमनको बहसबारे आज ललितपुरमा सञ्चारकर्मीको  प्रश्नमा सिंहले यस्तो बताएका हुन् । 

अहिले जुन एक्जिट पोलिसीमा १,२,३,४ को कुरा छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीमा नेतृत्व मतदातले चाहेसम्म हुने हो, उनले भने,  जनताले रूचाएसम्म पोलिटिकल एक्टिभिस्टहरूले आफ्नो काम त गर्छन् नी । त्यसमा छेकबार लगाउने कुरा मिलेन कि भन्ने कुरा हो ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबै विषयमा बहस हुनु स्वभाविक भन्दै उनले अहिले नेतृत्व बहिर्गमनको नितिबारेका बहस भने असान्दर्भिक रहेको सिंहको भनाई थियो । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्