Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि 

आइतबार, भदौ ९, २०८१

काठामडौँ - नेकपा एकीकृत समाजवार्दीको केन्द्रीय कमिटी पूर्ण बैठक आजदेखि सुरु हुने भएको छ । भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्दैछ ।

केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेन्डा तय भएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।


एकीकृत समाजवादीको गत असारमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्