Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस सभापति देउवा निवास अगाडि शङ्कास्पद वस्तु फेला

आइतबार, भदौ ९, २०८१

काठमाडौँ - पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।


कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।

नेपाली सेनाको टोलीले अहिले शङ्कास्पद वस्तु निष्क्रिय पार्ने तयारी गरेको छ । देउवा निवास जाने दुवै सडकहरू बन्द गरिएका छन् । उक्त वस्तु के हो भन्ने कुरा अझै खुलेको छैन।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्