Nic Ad Nic Ad
Nic Ad Nic Ad

झापामा १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

आइतबार, भदौ ९, २०८१

काठमाडौँ - झापामा एक १६ वर्षीय बालिका बलात्कृत भएकी छन् । शुक्रबार राति घुम्न जाने भन्दै बोलाएर छुट्टाछुट्टै स्थानमा लगी उनीमाथि सामूहिक बलात्कार भएको हो ।

अर्जुनधारा ८ को नयाँ बजारमा करिब साढे ८ बजे हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि राति ११ बजे होटलमा लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर रहेका छन् । त्यस्तै अर्जुनधारा ७ कै लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी छन् । घटनामा संलग्न एकजना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

झापा प्रहरीका अनुसार अनिष, सरोज र केशवले सुरुमा हटियामा करणी गरेका थिए । त्यसपछि अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा बालिकालाई लगिएको थियो । होटलमा होटल मालिकसहित चार जना कामदारले करणी गरेको देखिएको प्रहरीले बताएको छ । राजवंशी होटल सञ्चालक हुन् ।

सुदीप, सुजन र सञ्जीव होटलका कामदार हुन् । होटलका अर्का कामदार फरार रहेको उपरीक्षक मिलन केसीले जानकारी दिए । पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज म्याद थप गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्