Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी

आइतबार, भदौ ९, २०८१

नुवाकोट– तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनीमा राखेको छ ।

तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव मधुसुदन थपलियाले जानकारी दिए ।


सचिव थपलियाका अनुसार तीजपर्व सुरु हुनुभन्दा धेरैअघिदेखि उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीबाट उद्यमी र उपभोक्ता दुवै पक्ष लाभान्वित भएका छन् ।

सहुलियतमा स्थानीय उत्पादन उपलब्ध भएकामा महिला उद्यमीलाई प्रोत्साहन मिलेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताइन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्