Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार करोडको कोकिनसहित ठमेलबाट विदेशी पक्राउ

आइतबार, भदौ ९, २०८१

काठमाडौं– प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले चार करोडको कोकिनसहित आइभरी कोस्टका नागरिक भमरा कोनलाई पक्राउ गरेको छ। 

उनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको ब्युरोले जनाएको छ। गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो। 

अभियुक्त उक्त क्याप्सुलहरू नाइजेरियाबाट निलेर ईथोपियाबाट दोहा हुँदै काठमाडौँ आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। 

लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्