Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारत भ्रमणमा रहँदा आरजु राणा र प्रचण्डका दुई छोरीको भेटघाटको अर्थ के थियो?

आइतबार, भदौ ९, २०८१

काठमाडौं– भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री आरजु राणाले प्रधानमन्त्रीकै हैसियतमा सम्मान पाएको चर्चाबीच माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दुई छोरी पनि त्यहाँ पुगेको खबर बाहिरिएको थियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको त्यो सम्मानबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिए या दिएनन् भन्ने अस्पष्ट थियो। तर, भारतीय पक्षको व्यवस्थापनमा नै केही दिन नियमित उपचारका नाममा त्यहाँको शेराटन होटलमा बसेकी आरजुको भेट प्रचण्डकी छोरीहरू गंगा र रेणु दाहालसँग भेट भएको थियो। 

तिजको छेको पारेर पारिवारिक भ्रमणका लागि प्रचण्डका दुई छोरी भारत पुगेको चर्चा थियो। तर, परराष्ट्रमन्त्री राणासँग भेट हुनेगरी गरिएको यो भ्रमणमा राजनीतिक अर्थ समेत लुकेको हुन सक्ने आँकलन गरिएको छ। 

सम्भवतः त्यहि भेटको असरका रुपमा प्रचण्डले पार्टीका आन्तरिक कमिटीका बैठकमा भनेका छन्,‘यो सरकार चाँडै ढल्छ, आत्तिनुपर्ने केही छैन। भ्रष्टलाई जोगाउने सरकार ढल्छ।’

रेणुले प्रचण्डको राजनीतिमा उतिसाह्रो प्रभाव पार्न नसकेपछि गंगा भने उच्च पदस्तसँगको परिचयमा रहेकी छन्। उनले प्रथम महिलाका हैसियतमा नै प्रचण्ड प्रधानमन्त्री बन्दा भारतका उच्च पदस्तसँग राम्रो सम्बन्ध बनाइसकेकी छन्। 

शेराटन होटलमा भएको भेटमा के कुराकानी भयो भन्नेबारेमा नखुले पनि केही न केही राजनीतिक संकेतचाहिँ मिलेको उच्च स्रोतको दाबी छ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्