Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको बिहारमा ४३ जना नेपाली तीर्थयात्री सवार बस दुर्घटना, दर्जनौँ घाइते

आइतबार, भदौ ९, २०८१

काठमाडौँ- भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।भारतका विभिन्न अनलाइनहरूले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरूमा भइरहेको छ ।

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

एसएपी सञ्जय पाण्डेका अनुसार घाइतेहरू नेपालको बारा जिल्ला निवासी हुन् । उनीहरू जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्