Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ : अब्दुल खान

आइतबार, भदौ ९, २०८१

काठमाडौँ- जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरू नठगिने बताए ।उनले कानूनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्न सके उपभोक्ताहरू नठगिने बताए । उनले उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने बताए ।

उनले सरकारमा दुई वटा ठूला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने पनि बताए। उनले उद्योगहरूको अनुगमन गर्न जाँदा नेताहरूको फोन आउने र कारबाही गर्न नपाइने गरेको बताए। उनले उपभोक्ताको हक हितको रक्षा गर्ने हो भने उद्योगी, व्यवसायीहरू राजनीतिकरणमा लाग्नु नहुने बताए ।

उनले भने, ‘उपभोक्ताको अधिकार र आपूर्ति सहज हुनुपर्छ । यसको निम्ति हामीले दलीय राजनीतिकरण गर्नु हुँदैन । अहिले सबैभन्दा बढी सांसद मान्यज्युहरु बसेको पार्टी नेपाली काँग्रेस हो । त्यसपछिको नेकपा एमाले हो । दुवै पार्टीहरू सरकारमा छन् । दुवै पार्टीको सम्मिलित सरकार छ । यी दुवै पार्टी सरकारमा भइसकेपछि क्षमा याचना गर्ने मौका जनतालेले दिने छैनन् । खासगरी कस्तो प्रकारको राजनीतिकरण भइरहेको छ, यो उपभोक्ताहरूको हक हितमा भने विभिन्न उद्योगहरू, विभिन्न कम्पनीहरूका सञ्चालकहरू हामी तपाईँसँगै जोडिएका छौँ । सबैभन्दा बढी नेपाली काँग्रेस र नेकपा एमालेसँगै जोडिएका छन् । अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्युहरुको फोन आउँछ । उपभोक्ताको हक हितको रक्षा वास्तवमा गर्ने हो भने उद्योगी, व्यवसायीहरूको राजनीतिकरणमा लाग्नु हुँदैन ।’

उनले १५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरिरहेको बताए । १४ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्र्याएर देशलाई धानिरहेको जिकिर गरे। उनले देशमा भएका साधन र श्रोतको उचित प्रयोग गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए। उनले आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने तर भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्