Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एसको बैठक सुरु

आइतबार, भदौ ९, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । अर्पण बैंक्वेटमा जारी केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन रहेको छ ।

बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन गर्नुपर्ने भन्दै पार्टीमा दबाब बढिरहेको छ ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरूको जिम्मेवारी हेरफेर गरिनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्