Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनतालाई सुशासन दिलाउन सरकार लागिरहेको छ : प्रकाशमान सिंह

आइतबार, भदौ ९, २०८१

काठमाडौं– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार लागि परेको बताएका छन् ।

कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा सुशासन कायम गरी आर्थिक वृद्धितर्फ अघि बढाउन ठूला दलसहितको सरकार बनेको भन्दै जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्ध  रहेको बताएका हुन् ।

उनले कांग्रेस–एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने जिकिर गरे । उनले अहिलेको अवस्थालाई सुधार गर्न काम अघि बढाइरहेको भन्दै उपभोक्ता अधिकारका लागि पनि बलियो कानून बनाइने बताए ।

त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य बस्तुको सहज र सरल आपूर्तिका लागि सरकारले पहल गरिरहे पनि व्यापारीहरूले सरकारलाई सहयोग नगरेको गुनासो गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्