Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय जनमोर्चाले भदौभरि संघर्षका कार्यक्रम गर्ने

आइतबार, भदौ ९, २०८१

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजीको उद्देश्य राखेर संघर्षका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।आम निर्वाचन भएको डेढ वर्ष नपुग्दै केन्द्रमा तीनवटा सरकार र प्रदेशमा २१ जना मुख्यमन्त्री फेरिएका भन्दै राष्ट्रिय जनमोर्चाले यो राजनीतिक अस्थिरताले गणतन्त्रात्मक प्रणालीप्रति नै असन्तोष बढिरहेको बताएको छ । सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचारमा वृद्धि भएको र भ्रष्टाचारीलाई जोगाउन सत्तारुढ दलहरूका बीचमा प्रतिस्पर्धा नै चलेको राष्ट्रिय जनमोर्चाको धारणा छ ।

त्यस्तै नेपालमा स्थापित धर्मनिरपेक्षतालाई खत्तम गर्ने षड्यन्त्र भइरहेको र संघीयताले साम्प्रदायिक तथा क्षेत्रीय विद्वेष फैलाउने खतरा बढेको पनि राजमोले उल्लेख गरेको छ । यी विषयमा जनचेतना जगाएर आन्दोलनलाई सुदृढ गर्नुपर्ने आवश्यकता भएकाले राष्ट्रिय जनमोर्चाले भदौ महिनाभरि संघर्षका कार्यक्रम गर्न लागेको बताएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्