Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा दुई पार्टी पद्धतिको सम्भावना छैन : झलनाथ खनाल

आइतबार, भदौ ९, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना नरहेको बताएका छन् ।

काँग्रेस-एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि त्यो सम्भव नहुने उनको भनाइ छ । आइतबार काठमाडौंमा पार्टीका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा उनले भने, ‘यी दुई घमण्डी पार्टीहरू हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो ।यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने । जुन कुरो मलाई लाग्छ-यो सूर्यमुनि असम्भव छ । कमसेकम नेपालमा चाहिँ असम्भव छ ।’ दुई ठूला पार्टीले आफूहरूको सहयोग बिना संविधान संशोधन गर्न नसक्ने उनले बताए ।

‘यो मल्टिपार्टी सिष्टमलाई यही प्रक्रिया अन्तर्गत जतिसुकै ठूलो पार्टी किन नहोस् । एउटैले दुई तिहाइ लिएर आएपनि सम्भव छैन’, उनले भने, ‘अहिले उनीहरू संविधान संशोधनको हल्ला फिँजाइरहेका छन् । संविधान संशोधनको हल्ला जतिसुकै पिटाए पनि दुई वर्षसम्म उनीहरूले एक्लै अगाडि बढ्न खोजे भने यो संविधानको न कमा चेन्ज गर्न सक्छन् । न फुलस्टप चेञ्ज गर्न सक्छन् ।’

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्