Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको सचिवालय बैठक बिहीबार बस्ने

आइतबार, भदौ ९, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी(एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ ।

यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ । बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरू, सचिवहरू र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्