Nic Ad Nic Ad
Nic Ad Nic Ad

चन्दा नदिने डरले विद्युत् बक्यौता उठाउन दलहरू हच्किए : रास्वपा

आइतबार, भदौ ९, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल विद्युत् प्राधिकरणलाई महसुल उठाउने विषयमा निर्देशन दिन राजनीतिक दलहरू हच्किएको बताएका छन् ।

सार्वजनिक लेखा समितिमा बोल्दै ढकालले १५ दिनभित्र उठाउन निर्देशन दिए आगामी चुनावमा व्यापारीले चन्दा नदिने डरले महसुल उठाउन कडाइ गर्न नसकेको आरोप लगाए ।उनले भने, ‘आज निर्णय गरौँ यो महसुल उठाउन विद्युत् प्राधिकरणलाई नै दिउँ । १५ दिनभित्र उठाउन निर्देशन दिऔँ । पहिला पैसा उठाउँ अनि कुलमानको विषयमा प्रश्न उठाऔँ । मिटर लगेर जडान गरेको पैसा तिर्नुपर्छ । यो पैसा तिराइदिएपछि चुनावमा चन्दा पनि दिँदैन । अनि चुनाव लड्न रमाइलो हुन्छ ।’

‘नागरिकले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण समयमै तिरेन भने धितोजवानीले पत्रिकामा छापेको नोटिससहितको पैसा तिर्नुपर्छ । यो नौ वर्षमा यस्ता मिटिङ बस्दा कति खर्च हुन्छ त्यो खर्च र २२ अर्बको व्याजसहित तिराऔं,’ ढकालले भने ।

लेखा समितिमै उपस्थित अर्का सांसद अर्जुन नरसिंह केसीले नयाँले जथाभाबी नबोलौँ भनेको भन्दै आक्रोशित भएका ढकाल समितिमै जंगिएर केसीको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन् । ढकालले भ्रष्टाचारका मुद्दा उठाउँदा जथाभाबी नहुने र नयाँले तथ्यमा टेकेर बोल्ने बताए ।

‘९ सय जना नागरिकलाई गैर नागरिक बनाएर बोल्दा जथाभाबी नहुने तर तिर्नुपर्ने पैसा उठाउनुपर्छ भन्दा कसरी जथाभाबी हुन्छ’ भन्दै जंगिए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्