Nic Ad Nic Ad
Nic Ad Nic Ad

माधव नेपाललाई पार्टी फुट्ने चिन्ता, फेरि भने- हामीविरुद्ध अर्को षड्यन्त्र हुँदैछ

आइतबार, भदौ ९, २०८१

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले फेरि आफूहरूको पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादी टुक्राउने गरी षड्यन्त्र भइरहेको बताएका हुन् । ‘अहिले अर्को षड्यन्त्र चलिरहेको छ । हाम्रो पार्टीलाई टुक्रयाउने षड्यन्त्र चलेको छ । हाम्रो पार्टीलाई चोइट्याउने षड्यन्त्र भइरहेको छ,’ नेपालले भने।


उनले सम्बोधनका क्रममा एकीकृत समाजवादी परित्याग गरेर गएकाको मात्रै चर्चा गरिएको गुनासो गरे । उनले एकीकृत समाजवादीमा आएकाबारे बेवास्ता गरिएको बताए।

‘यहाँ सन्दर्भ आउने गर्छ, केही मान्छेहरू गए, हामी गएकाको कुरा गर्छौं, आएकाको कुरा किन गर्दैनौँ?’, उनले भने, ‘संख्या चाहियो ? हाम्रो पार्टिमा कति हजार मान्छे आए यो तीन महिनाभित्र ?’


अरु पार्टी परित्याग गरेका केही मानिसहरूले अहिले पनि प्रवेश गर्न आतुर रहेको बताएको उनले सुनाए । ‘हाम्रो गाउँमा आउनुस्, हामी पाँच हजार मान्छेबीचमा सात सय जनालाई पार्टी प्रवेश गराउँछौँ’, भनिरहेका छन्, उनले भने, ‘त्यसैले नेता कार्यकर्ताले निराश हुनु जरुरी छैन ।’

उनले अहिले नै एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता नहुने बताए । वामपन्थी शक्तिहरू एकतावद्ध भएर अगाडि जानुपर्नै सोच भए पनि अहिले नै कुनै दलसँग एकता नहुने उनले बताए ।

अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको उनले बताए । कहाँ जान्छ? के हुन्छ ? भन्नेमा सबैको जिज्ञासा रहेको उनले बताए । वर्तमान सरकार राम्रो उद्देश्यले नबनेको उनले बताए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्