Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्याय परिषद्को बैठक निष्कर्षविहीन

आइतबार, भदौ ९, २०८१

काठमाडाैं - सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ ।

हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ । समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा अदालतमा मुद्दाको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।

न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भए पनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्