Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

सोमबार, भदौ १०, २०८१

काठमाडौँ - ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् ।

विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ । उनी मंगलबार ओमान फर्किनेछन् ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्