Nic Ad Nic Ad
Nic Ad Nic Ad

गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

सोमबार, भदौ १०, २०८१

कञ्चनपुर - महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरु गरेकी तिवारीले पाँचौँ दिन आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् ।

 परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन बिस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन् । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उनले भनिन् । 


झापाको बुद्धशान्ति–३ बस्ने तिवारीलाई  कालिका लाइन्स क्लब महेन्द्रनगरकी अध्यक्ष तथा समाजसेवी हेलन श्रेष्ठले स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्