Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

सोमबार, भदौ १०, २०८१

काठमाडौं– गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने बताए ।

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताए ।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको  भन्दै गृहमन्त्री लेखकले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्