Nic Ad Nic Ad
Nic Ad Nic Ad

साफ यू-२० च्याम्पियनसिपको फाइनल पुग्न भारत र बंगलादेश भिड्दै

सोमबार, भदौ १०, २०८१

काठमाडौँ- साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज साविक विजेता भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

साविक विजेतासहित तीन पटकको विजेता भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र मालदिभ्सलाई समान १-० ले पराजित गरेको थियो । भारत जारी प्रतियोगितामा गोल नखाने एक्लो टिम हो ।यस्तै बंगलादेश समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने घरेलु टोली नेपालसँग २-१ ले पराजित भएको थियो ।

भारत र बंगलादेशबीच अहिलेसम्म साफ यू-२०/१९/१८ च्याम्पियनसिपमा सात पटक भेट भएको छ जसमा भारत ४ पटक विजयी हुँदा बंगलादेशले २ पटक जित निकालेको थियो । एक खेल बराबरीमा सकिएको थियो । भारत र बंगलादेशबीचको विजेता आउने बुधबार घरेलु टोली नेपालसँग उपाधिका लागि खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्